समायोजनमा जाने कर्मचारीको संख्या ७५ हजार नाघ्यो

Sharing is caring!

माघ २, २०७५ । समायोजनको फाराम भर्न तोकिएको एक दिन अघि मंगलबार सम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् ।
आज बुधबार समायोनजका लागि फाराम भर्ने अन्तिम दिन तोकिएको छ । गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीहरुले फाराम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

फाराम भर्ने म्याद एक सकेन्ड पनि नथप्ने जनाउ“दै मन्त्री पण्डितले चिठी पाएको २१ दिन भित्रमा तोकिएको ठाउ“मा नजाने कर्मचारीलाई कडाईका साथ खटाउने दावी गर्नुभयोे । समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने भएको छ ।

मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । मन्त्रालयका अनुसार कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहका लागि अनलाइनबाट फारम भर्न सक्ने छ । सो अनुरुप कर्मचारीहरुले फारम भर्न शुरु गरेका हुन् । मन्त्री पण्डितका अनुसार समायोजन फाराम भर्न दिएको अवधि भित्र फारम नभर्ने कर्मचारीलाई सरकार स्वयंले खटाउने छ ।

निजामती सेवामा प्रवेश गर्ने बेला राखेको नागरिकताको ठेगानाको आधारमा सरकारले कर्मचारी खटाउने छ ।‘ अहिले समायोजनका लागि आफूले जान चाहेको प्रदेश , स्थानीय तह रोज्न दिएका छौं । तोकिएको समयावधिसम्म पनि समायोजनमा जान चाहेनन भने सरकारले नै पठाउने छ ।’ मन्त्री पण्डितले भन्नुभयो ।

सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई घर बिदा वा निलम्बन गर्न समेत सरकारले तयारी गरेको बताउ“दै मन्त्री पण्डितले भन्नुभयो –खटाएको पत्र पाएको २१ दिन भित्र प्रदेश वा स्थानीय तहमा नजाने कर्मचारीलाई निलम्बन गरिने छ ।

‘खटाएको पत्र लिएर सिहदबारमै बसिरहने, फिल्डमा नजाने प्रवृति चल्ने वाला छैन । कर्मचारीको मुख हेरेर नभई कामको आधारमा मुल्याकंन गर्ने छौं ।’ मन्त्री पण्डितले भन्नुभयो ।

तीनै तहमा कर्मचारी पदपूर्ति गर्न यस अघिनै मन्त्रीपरिषदले दरबन्दी स्वीकृत गरेको थियो । केन्द्रमा ४९ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दीमा कर्मचारी समायोजन गर्न लागिएको हो । रोजेको स्थानीय तह जान पाइने, पती वा पत्नी दुवै सरकारी सेवामा भए सकेसम्म एकै स्थान नभए नजिकै खटाइने, ग्रेड वृद्धि तथा सेवा सुविधामा खाइपाइ आएको भन्दा नघट्ने गरी आकर्षक सेवा सुविधा दिएर समायोजन गर्न लागिएको हो।

लेखा समूहका कर्मचारीले कर्मचारी समायोजन फारम नभर्ने लिखित प्रतिबद्धता गरेका छन् । लेखा समूहको मातहत राखेर खटाउनुपर्ने कारण र आधारसहितको मागसहितको ज्ञापनपत्र सम्बन्धित निकायमा बुझाउँदा समेत बेवास्ता गरेको भन्दै यस्तो प्रतिबद्धता गरेका हुन् ।‘ फारम नभर्ने निर्णय गर्दा म मात्रै बँ“की रहन्छु कि भन्ने त्रासलाई हटाउन ब्याच २९ देखि ३३ का सम्पूर्ण लेखा अधिकृतहरू लगायत लेखा समूहका कर्मचारीहरू फारम नभर्ने निर्णय गरौ’ भनेर लिखित प्रतिबद्धता व्यक्त गरिएको हो,’ एक लेखा अधिकृतले भने ।

उनीहरूले समायोजन फाराम किन नभर्ने भन्ने बारे विभिन्न पा“च बु“दासहित उक्त प्रतिबद्धता समूहका सबै कर्मचारीसम्म पु¥याएका छन् ।
यसअघि उक्त समूहका कर्मचारीहरूले लेखा समूहको पदस्थापन तथा व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई संघमै राख्न ज्ञापन पत्र बुझाएको थिए । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *