नेपाललाई ‘एजुकेशन–हब’ बनाउनेगरि प्रतिवेदन आएको छ: सिलवाल

Sharing is caring!

माघ २, २०७५ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य एवम् हिसानका अध्यक्ष रमेश सिलवालले आयोगको प्रतिवेदनमा नेपाललाई (एजुकेशन हब) बनाउने कुरा समावेश गरिएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सिलवालले सार्वजनिक शिक्षाको गुस्तरमा बृद्धि र निजी विद्यालयहरुलाई व्यस्थापन गर्दै नेपाललाई ‘एजुकेशन–हब’ बनाउने रणनीतिअनुसार आयोगले प्रतिबेदन तयार पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको जनाएका हुन् । उनले भने,‘नेपाललाई शिक्षाको हब बनाउनेगरि प्रतिवेदन आएको छ।’

सिलवालले भने,‘पुर्वीय शिक्षा र स्थानीय सिपलाई मान्यता दिँदै आगामी शिक्षाको मार्गचित्र कोर्ने प्रयास प्रतिवेदनले गरेको छ, निजी क्षेत्रलाई विस्थापित् गर्नुपर्छ भन्ने पक्षमा सरकार छैन्, बरु व्यबस्थापन गर्नुपर्छ भन्ने पक्षमा छ, प्रतिवेदनले पनि त्यही भनेको छ ।’

चार हजारभन्दा बढि सरोकारवाला व्यक्तिहरुसँग छलफल गरेर प्रतिवेदन ल्याईएको उनको दाबी छ । उनले थपे,‘सातवटै प्रदेशमा छलफल गरिएको छ, त्यसबाट उठेका जवाफहरु समावेस गरिएका छन्, भलै सबै आवाजहरुलाई समावेश गर्न सकिएन होला, संविधानमै सबैका आवाजहरु समावेश छैनन्, यो त आगामी २५ वर्षभित्र नेपालको शिक्षा क्षेत्र कस्तो हुने ? वर्तमान समयमा यसलाई कसरी जनपक्षीय बनाउने भन्ने बारेमा हामीले आफ्ना धारणाहरु अघि सारेका छौं ।’

प्रतिवेदनमा निजी विद्यालयलाई सेवामुलक संस्थाको रुपमा विकास गर्नुपर्ने, छात्रवृद्धिको व्यबस्था गर्नुपर्ने, लागत पुरणको सिद्धान्तअनुसार चल्नुपर्ने र तीन कक्षासम्मका विद्यार्थीहरुलाई गृहकार्य दिन नमिल्ने व्यबस्था गरिएको उनले जनाए ।

राम्रो विद्यार्थीले पढाई सक्नेवित्तिकै रोजगार दिने व्यबस्था पनि प्रतिवेदनमा रहेको सुनाउँदै उनले भने,‘प्रतिवेदनमा प्रायः सबै कुराहरु समावेश गरिएका छन्, समावेश नभएका केही कुराहरु छन् भने सरकारले प्रतिवदेन सार्वजनिक गरेपछि आफ्ना कुराहरु राख्ने पाईनेछन्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *