गोंगबुमा ग्यास सिलिन्डर पड्किदाँ एकको मृत्यु, चारजना गम्भीर

Sharing is caring!

माघ २, २०७५ । काठमाडौंका गोंगबुमा पिस नेपाल ह्यान्डिक्र्याफ्टमा ग्यास सिलिन्डर पड्किदाँ एक जनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।

ग्यासको सिलिण्ड बुधबार करिब १२ बजे विष्फोट भएको हो । गम्भीर घाइते तामाङसहित ५ जनालाई  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते हुनेहरुमा गोरखाका ३२ वर्षीय राजकुमार बिसी, धादिङका कैलाश श्रेष्ठ, रेशम तामाङ र अनिल पोखरेल रहेका छन् ।उनीहरुको अवस्था भने गम्भीर छ । बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । विष्फोट कसरी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *