विश्वकप फुटबलः आयोजक रसियाको शानदार सुरुवात

Sharing is caring!

असार १, २०७५ । २१ औँ सस्ंकरणको विश्वकप फुटबल प्रतियोागिता अन्तरगत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ ।

लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोलअन्रतले पराजित गरेको हो ।

समूह ए को पहिलो खेलमा रसियाले साउदी अरेबियामाथि गोलबर्षा गर्ने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गर्यो ।

उसका लागि पहिलो गोल खेलको १२ औँ मिनेटमा युरी गाजिन्सकीले हेडमार्फत् गरेका थिए । अधिकांश घरेलु दर्शकले भरिएको मैदानमा देशका लागि तथा यो विश्वकपमा समेत गाजिन्सकीले पहिलो गोल गर्दै नयाँ रेकर्ड बनाए ।

त्यसपछि खेलको ४३ औँ मिनेटमा डेनिस चेरय्स्भले रोमान जोबिनको पासमा गोल गर्दै अग्रता २–० मा पुर्याए । रसियाले दोस्रो हाफमा ३ गोल थप्यो। उसले दोस्रो हाफको इनजुरी टाइममाा दुई गोल गर्न सफल भयो । पहिलो हाफमा २ गोल गरेर उत्साहित रसियाले खेलको ७१ औँ मिनेटमा अर्को गोल थप्यो । उसका लागि एर्टेम ज्युबाले हेडबाट गोल गर्दै अग्रता ३–० मा पुर्याए ।

त्यसपछि रसियाले इन्जुरी टाइमा दुई गोल गर्यो । लगालग गोल खाएर निराश एसियाली मुलुक साउदी अरेबियालाई अस्तब्यस्त बनाउँदै रसियाले खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा अर्को गोल थप्दै अग्रता ४–० बनायो । यो पटक डेनिस चेरिसेभले व्यक्तिगत दोस्रो गोल गरे ।

यतिमा रसिया रोकिने सुरमा थिए । उसका लागि खेलको अतिरिक्ति समयको पाँचौ मिनेमा अलेक्जेन्डर ग्लोभिनले गोल गरेपछि रसियाले साउदीलाई फराकिलो अन्तरले पराजित गरेन मात्रै समूह ए मा तीन अंक पनि बटुल्यो ।

बलिया प्रतिस्पर्धी मानिएका उरुग्वे र इजिप्ट समेत रहेको यो समूहको उद्घाटन खेलमा शानदार प्रदर्शन गरेपछि रसियाको मनोबल पनि उच्च भएको छ । यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *