धुर्मुस–सुन्तलीले लिएनन् गणतन्त्र पदक

Sharing is caring!

असार १, २०७५ । सामाजिक अभियान्ता तथा हाँस्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गणतन्त्र दिवसका दिन गतवर्ष सरकारले प्रदान गरेको प्रवल जनसेवाश्री पदक लिन अस्वीकार गरेका छन् ।

गृह मन्त्रालयको विभुषण शाखाले पदक लिन आउन पटकपटक कलाकारद्धय धुर्मुस–सुन्तलीलाई टेलिफोनबाट ताकेता गरेपनि लिन नआएको जनाएको छ । पदक लिन नगएको विषयमा सिताराम कट्टेल (धुर्मुस)लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । राष्ट्र निर्माणमा धुर्मुस–सुन्तलीले महत्वपूर्ण योगदान पुराएपनि साधारण पदकबाट विभुषण गरिएको भन्दै सरकारको आलोचना समेत भएको थियो ।

धुर्मुस–सुन्तली नेपाल सरकारका सरसफाई दूत समेत हुन् । विनासकारी भूकम्पपछिको पुननिर्माणमा समेत आफ्नै पहलमा बस्ती निर्माण गरेर धुर्मुस–सुन्तलीले आम नागरिकको मन जित्न सफल भएका छन् ।

“गतवर्ष मानपदवी पाउने व्यक्तिको नाम घोषणा भएपछि हामीले पदक हस्तान्तरणका लागि उहाँहरुलाई सम्पर्क गरेका थियौं, तर ल,ल, पछि आउँछौं भन्दै अलमल्याएर आउँनु भएको छैन ।”

गतवर्ष जेठ १५ गते धुर्मुस–सुन्तली सहित ५ सय १६ जनालाई विभिन्न पदकबाट सम्मान गरेको थियो । त्यसमध्ये हाँस्यकलाकारद्धय धुर्मुस–सुन्तली सहित १३५ जनाले प्रवल जनसेवाश्री पदक पाएका थिए । गतवर्ष आफ्नो इच्छा विपरित नाम सिफारिस गरेको भन्दै राजनीतिक विश्लेषक वाम बुद्धिजीवी झलक सुवेदीले जनसेवाश्री पदक लिन अस्वीकार गरेका थिए । त्यसो त धुर्मुस–सुन्तली र सुवेदी मात्रै होइनन, पदक लिन नजानेको सूची गृह मनत्रलयमा ३८ हजारको हाराहारीमा छ । पदक लिन नआएपछि छिट्टै यसको व्यवस्थापन गर्न र नयाँ वितरण प्रणालीलाई पादर्शी बनाउँन छुट्टै कार्यविधि बन्ने क्रममा रहेको गृह मन्त्रालयले जनाएको छ ।यो खबर आजको कारोबारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *