प्रभु बैंकको नयाँ शाखा ढुंगेधारामा
बैशाख ३१, २०७६ । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५ स्थित ढुंगेधारामा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिबराज श्रेष्ठज्यूले एक समारोहका विच समुद्घाटन गर्नुभएको हो ।
प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष श्री देवि प्रकाश भट्टचनज्यूको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्नुहुँदै डेपुटी गभर्नर श्री शिबराज श्रेष्ठज्यूले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आफ्नो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आफ्नो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले आफ्नै घर आँगन नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताउनुभयो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।