आयातमुखी अर्थतन्त्रले कुनैपनि राष्ट्र सवल हुन सक्दैन् : अध्यक्ष पोखरेल

Sharing is caring!

पुस २०, २०८० । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोखरेलले आयातमुखी अर्थतन्त्रले कुनैपनि राष्ट्र सवल हुन नसक्ने भन्दै निर्यात प्रवर्द्धन नै आजको आवश्यकता रहेको बताएका छन् ।

नेपाल निर्यात परिषद्ले २६औं वार्षिक साधारण सभा तथा ८ औं निर्यात दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्यात प्रवर्द्धनको माध्यमबाट व्यवसायको स्थायित्व, संरक्षण, प्रवर्द्धन तथा दिगो विकासका साथै प्रशस्त रोजगारीको सृजना र लगानी वृद्धि गर्न सकिने बताए ।

उनले भने, ‘नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यातका प्रवद्र्धनको निमित्त नेपाली वस्तुहरुलाई प्रतिस्पर्धी बनाई नेपाली वस्तुहरुको निकासी अभिवृद्धि गरी निर्यात प्रवर्द्धनको माध्यमबाट व्यवसायको स्थायित्व, संरक्षण, प्रवर्द्धन तथा दिगो विकासका साथै प्रशस्त रोजगारीको सृजना र लगानी बृद्धी गरी आयातलाई निर्यात प्रवर्द्धनको माध्यमबाट क्रमशः प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउने अभिप्रायले आर्थिक समृद्धको लागि निर्यातको अभिवृद्धि आवश्यक छ ।’

उनले नेपालको निकासी व्यापारमा भएका समस्या समाधानका उपायहरु र निकासी अभिवृद्धिका लागि विद्यमान ऐन, कानूनहरुको संशोधन, परिमार्जन गर्नुपर्ने भन्दै यसको लागि सरकार र निजी क्षेत्र मिलेर रणनीतिक कार्ययोजना तर्जुमाको लागि एक विशेष अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको जानकारी दिए । उनले योजना आयोग, अर्थ र उद्योग मन्त्रालय, भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रतिनिधिहरुसँग पनि छलफल गरिएको जानकारी दिए ।

त्यस्तै निकासी क्षेत्रमा संलग्न उद्यमी, व्यवसायीहरुको सहभागितामा नेपालको निकासी व्यापारमा भएका समस्या समाधानका उपायहरु र निकासी अभिवृद्धिका लागि विद्यमान ऐन, कानूनहरुले पु¥याएको बाधा अड्चनका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

नेपालको बढ्दो व्यापार घाटाको वर्तमान अवस्था र देशको व्यापार सन्तुलन कायम गर्न आयात प्रतिस्थापन हुनेगरी निर्यात वृद्धि गर्न परिषदले आफ्नो स्थापनाकालदेखि नै सरकारसँग सहकार्य गर्दै आएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *