पशुपतिको दर्शनपछि भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

Sharing is caring!

पुस २०, २०८० । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकर स्वदेश फिर्ता भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विदाइ गरे ।

बिहीबार नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा काठमाडौं आइपुगेका उनले विहीबार नै उच्चस्तरीय भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको थियो । जयशंकरले आज शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका थिए ।

नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्रीको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन, नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् । त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *