एनआरएनएको अध्यक्षमा डा. बद्री केसी निर्वाचित

Sharing is caring!

कात्तिक ३, २०८० । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् ।

बिहीबार नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी एक हजार ३७८ मतका साथ निर्वाचित भएका हुन् ।

केसीले एक हजार ३७८ मत पाएका थिए भने,उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाएका थिए ।

उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्। युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् । त्यस्तै महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *