आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा

Sharing is caring!

कात्तिक ३, २०८० । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ ।

काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुहेश्वरी लगायतका शक्तिपीठहरुमा दर्शनार्थीहरुले पूजाआजा गरिरहेका छन् । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डाक्टर माधव प्रसाद भट्टराईका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ ।

‘भगवान कृष्णको पालामा नै कात्यायनीको पूजा गरिएको छ । जसले असल पति वा पत्नी कामना गर्दछन् उनीहरुले कात्यायनीको पूजा गर्छन् । यज्ञ–यज्ञादि, दानलगायत पूण्यकर्म तथा शुभकार्यमा आसुरवृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको हो । ’

भट्टराईका अनुसार, सर्वप्रथम कलश र त्यसमा देवीलाई रातो फूल र रातो वस्त्र चढाउनु पर्छ । फेरि देवीको परिवारमा सामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । पूजाको विधि सुरू गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *