मन्त्री बाँस्कोटाले भने- स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम हुँदैन

Sharing is caring!

बैशाख ३१, २०७६ । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको ‘फाइवर टु द होम’ सेवाको आज उद्घाटन गर्दै उनले भने प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रताको मानक नभएको बताए ।

मन्त्री बाँस्कोटाले विधेयक ल्याउदा स्वदेशी तथा विदेशी प्रचलनसमेत हेरिएको स्पष्ट पारे । अमेरिका जस्तो देशमा पनि एक करोडसम्मको जरिवाना हुने गरेको उल्ललेख गर्दै आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्यु दण्डसमेत दिइने गरेको बताए ।

‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ उनले प्रश्न गरे, ‘यो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक वा प्रचारक हो भन्ने प्रश्न गर्दै उनले भने,‘के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?’

संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न र छेक्न नमिल्ने भन्दै शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।

नियमन संसारभरि नै हुने गरेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले संविधानभन्दा बाहिर कुनै कानून नबन्ने स्पष्ट पारे । समाचार लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि पनि गर्नुपर्छ, उनले भने, ‘त्यत्तिकै आरोप लगाउन पाइँदैन ।

कालो झण्डा लिएर हिड्नेसँग नडराउने उनले बताए । ‘प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनौँ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *