दुई उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

Sharing is caring!

फागुन २४, २०७५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन जिल्ला प्राविधिक (पूर्वाधार विकास) कार्यालय भोजपुरका तत्कालीन सीडीई (उपसचिव) लालु गिरीले भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिका लागि पेस्की तथा रनिङ बिल झुक्तानीका त्रममा सेवाग्राहीसँग १८ लाख ५० हजार रुपैयाँ घूस लिएको प्रमाणित भएकाले बिहीबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले अभियोगपत्रमा गिरीलाई भ्रष्टाचार निवारण ऐनबमोजिम १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न मागदाबी गरेको छ ।

अख्तियारले सहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागका सीडीई (उपसचिव) मोतिउर रहमानविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । रहमानले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएसँगै गिरी र रहमान निलम्बित भएका छन् ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *