६० दिन भित्र मेलम्चीको पानी काठमाडौंमा: खानेपानी सचिव ठाकुर

Sharing is caring!

मंसिर १७, २०७५ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने दावी गरेका छन् ।

सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाई दिन संघीय संसदका सांसदहरुलाई आग्रह गरे । आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पुर्‍याउने दावी गरे ।

सचिव ठाकुरले दशैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी माग्दै उनले मेलम्चीको पानी पूरानै संरचनाबाट वितरण गरिने बताए । महाँकाल, नयाँ बानेश्वर, अनामनगर, बालाजु, पानी पोखरी र बाँसबारीमा रहेको पुरानै पानी टयांकीबाट पानी वितरणको काम सुरु गर्ने सरकारको योजना छ । सचिव ठाकुरले नयाँ संरचना तयार पार्ने क्रममा पाईपलाईन विस्तारको काम सकिन लागेको उल्लेख गर्दै नयाँमा पानी परिक्षण गरेर मात्रै वितरण गर्ने योजना रहेको बताए ।

सचिव ठाकुरले मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएपछि मात्रै त्यहाँका स्थानीय जनताले क्षतिपूर्तिवापत मागेको रकम उपलब्ध गराउने बताए । उनले विगतमा भएका कमीकमजोरीका कारण पानी काठमाडौं ल्याउने काममा ढिलाई हुन गएको दावी गरे ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *