चन्द नेतृत्वको नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा
साउन २३, २०७५ । ओली सरकारले विना कारण आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर जारी विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको भन्दै नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रमको घोषणा गरिएकाे विज्ञप्तीमा उल्लेख छ।
आन्दोलनका कार्यक्रम अनुसार साउन २५ गते देशभर कोणसभाको आयोजना गरिने, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्द लगायत गरिने उल्लेख छ।