फिल्म ‘शिरफूल’ को अफिसियल ट्रेलर सार्वजनिक

Sharing is caring!

साउन २३, २०७५ ।  कमल एक्चै मगरद्वारा निर्देशित फिल्म ‘शिरफूल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथै आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।

फिल्ममा भने रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो फिल्म नेपालसँगै विदेशका १६ वटा देशका प्रमुख सहरमा एकैसाथ प्रदर्शन गर्ने पनि तयारी गरेका छन् ।  यो फिल्म आउँदो मंसिर २१ गते प्रदर्शन हुनेछ ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *