‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक

Sharing is caring!

भदौ २५, २०७५ । फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाद्वारा निर्देशित यस फिल्ममा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ भने गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

फिल्मको गीत ‘पछि उमेर ढल्किन्छ…’ का कारणले पनि ‘छक्का पञ्जा ३’ लाई  ठूलो सफलता मिल्ने अनुमान गरिएको छ ।

यस फिल्म ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । यो फिल्म दशैँमा रिलिज हुने छ ।

गीत हेर्न क्लिक गर्नुहोस्:

http://https://youtu.be/Ipp_vNfDbnU

Leave a Reply

Your email address will not be published. Required fields are marked *