आज विश्व अहिंसा दिवस

Sharing is caring!

असोज १५, २०८० । आज विश्व अहिंसा दिवस । विश्वमै अहिंसाका लागि मानिएका नेता महात्मा गान्धीको आज जन्मदिनको रुपमा पनि मनाइन्छ ।

गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्व भरि पैरवी गरिन्छ ।
सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा हामी मोहनदास करम चन्द गान्धी को नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्नेछौँ ।्
त्यस्तै सरकारले आज विश्व बसोबास दिवस मनाउने भएको छ ।

सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल आयोजना गरी यो दिवस मनाइने भएको हो ।

संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष पहिलो अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *