भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

Sharing is caring!

भदौ ४, २०७६ । भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपालको दुईदिने औपचारिक भ्रमणमा बुधबार राजधानी आइपुगेका छन् ।  नेपाल र भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन उनी राजधानी आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीले स्वागत गरेका थिए ।

नेपाल र भारत संयुक्त आयोगको बैठक बुधबार नै अपराह्नदेखि प्रारम्भ हुँदैछ । दुईदिने बैठकमा  द्विपक्षीय सम्बन्ध ,आर्थिक साझेदारीलाई  अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुरयाउने एजेण्डा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएपछि विदेशमन्त्री जयशंकरको यो पहिलो नेपाल भ्रमण हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *