५ असोजदेखि भ्वाइस अफ नेपालको नयाँ सिजन

Sharing is caring!

भदौ २७, २०८० । सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भ्वाइस अफ नेपालको नयाँ श्रृंखलाको घोषणा गरिएको हो ।
नयाँ सिजनमा कोच दुईजना कोच परिवर्तन भएका छन् । अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार रहेका छन्। अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहेका छन् ।

डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदक मध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ब्लाइन्ड अडिसनबाट छनोट भएका ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्ने छन् ।

निर्देशक पौडेलका अनुसार पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम पनि थपिएको छ । एउटा कोचले आफूलाई बलियो देखाउन यो नियम थपिएको भन्दै यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेललेको भनाई छ ।

उनले भने, ‘गत वर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो । त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो,’ निर्देशक पौडेलले भने, ‘यसपटक धेरै जना ग्रामीण भेगबाट मौलिक आवाज आएका छन् । ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चिकै अद्भूत छन् ।’

कोच राजेशपायलले अघिल्लो सिजनको अनुभवलाई आफूले नयाँ सिजनमा समेट्ने गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *