अभिनेत्री रेखा थापालाई पुत्री लाभ

Sharing is caring!

फागुन ११, २०८० । अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ । अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन् ।

रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् । फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ’हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’

रेखा पति बलराम शाही ठकुरीका साथ केही महिनादेखि अमेरिकामा नै बस्दै आएकी छन् । रेखा अभिनित फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट रिलिज हुँदैछ । उनले अमेरिकाबाट नै फिल्मको प्रमोसनको काम गरिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *