छ्रैटौं संस्करणको आइसिटी अवार्ड सम्पन्न

Sharing is caring!

पुस ३, २०७८ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो ।

छ्रैटौं संस्करणको रुपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रकृया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढिको अनलाइन नोमिनेशन प्राप्त भएको थियो एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी अवार्ड २०२१ बाट आइसिटी विज्ञ मनोहर कुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल वुमन आइसिटी अवार्ड २०२१ नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले प्राप्त गरिन । आन्टप्रेनर आइसिटी अवार्ड योमरी कम्पनीका सस्थापक दिपेश प्रधानले प्राप्त गरे । नेपाली डायस्पोरा आइसिटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरिएको थियो ।

आइसिटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गर्भनेन्स आइसिटी अवार्ड यस वर्ष भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ । विभिन्न ३० बढि सरकारी सस्थाहरुको प्रतिस्प्रधामा विभागले अवार्ड प्राप्त गरेको हो । यसैगरी डिजिटल सर्भिसेस आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले प्राप्त गरेको थियो । डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमश कालिका मानवज्ञान बुटवल र रातोवंगला स्कुल पाटनले प्राप्त गरेका छन ।

अवार्डमा महत्वपुर्ण र प्रतिस्प्रधात्मक रुपमा पब्लिक भोटिङ समेत सञ्चालन भएका विधाहरुमध्ये ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मिखा प्रडक्टले प्राप्त गर्यो । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरुले तयार पारेको मुसुरले प्राप्त गरेको छ । यि तिन विधाका उत्कृष्ट १०र१० गरि ३० मध्येबाट पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीले प्राप्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. बैकुण्ठ अर्याल, सचिव शुरेश आचार्य, राष्ट्रिय योजना आयोगका माननिय सदस्यहरु डा. पुष्प रमण वाग्ले र डा। राम कुमार फुयालले विजेतालाई अवार्ड प्रदान गरेका थिए । अर्थमन्त्रीका बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ लगायत विशिष्ट व्यत्तिहरुको उपस्थिती रहेको कार्यक्रममा विजेताहरुले अवार्डसँगै विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन ।

कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सरकारी सस्था, बैंक तथा कर्पोरेट, आइटी, शिक्षा क्षेत्रसँगै उद्यमी र स्टार्टअपहरुबो बाक्लो उपस्थिती रहेको थियो । ७ सयभन्दा बढिको प्रत्यक्ष उपस्थिती रहेको कार्यक्रममा र हिमालय टेलिभिजन, अनलाइन र हाम्रोपात्रोबाट अवार्डको कार्यक्रम प्रत्यक्ष प्रशारण भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै आयोजक समितिका अध्यक्ष राजन लम्सालले आइसिटी अवार्ड सबैको सहकार्यमा नेपाली स्टार्टअप, इन्नोभेसन तथा डिजिटल इकोसिस्टमको विकासको लक्ष्यका साथ अघि बढि रहेको महत्वुर्ण अभियान रहेको बताए ।
अवार्ड विजेताले महत्वपुर्ण अवार्डसँगै स्टार्टअप तथा इन्नोभेसनका ३ विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण ऋण सुविधा, एनसेलले वुमन आइकनलाई ३ लाख रकम पुरस्कार, ह्वावेले ५ स्टार्टअपलाई ३ लाखबराबरको ह्वावे क्लाउड सेवा, जिनस सोलुसनले विजेतालाई निशुल्क कन्सल्टेन्ट र २ विद्यालयलाई एकवर्षको जुम सुविधा, नेपाल टेलिकमले सबै विजेतालाई आकर्षक डेटा प्याकेज, डिसहोमले इन्टरनेट सुविधा, इसेवा तथा अन्य सहयोगी सस्थाहरुले थप पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पु¥याउँने बताए । कार्कीेले यस क्षेत्रमा काम गर्ने युवालाई आइसिटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्याएको बताउदै मन्त्रालयले यो क्षेत्रको विकासको लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने बताए । सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुष्ठ अर्यालले आइसिटी अवार्डले डिजिटल नेपाल र डिजिटल रुपान्तरणको लागि विभिन्न ढंगले काम गरिरहेकोले सरकारलाई थप जिम्मेवार हुने सन्देश दिएको बताए । अवार्डले भोलिका दिनमा इन्नोभेसनमा काम गर्न नयाँ पुस्तालाई उत्प्रेरित गर्ने अर्यालको भनाइ छ ।

अवार्ड वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले आइसिटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक निजी साझेदारीको राम्रो मोडल भएको बताए । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आइसिटी अवार्डले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा।पुष्प रमण वाग्लेले देशमा सुशासन कायम राख्न आइसिटीको प्रयोग गर्नुपर्ने बताए । उनले अवार्ड मार्फत प्रविधिमा रूपान्तरण गर्न खोजेको बताए । शिक्षा, विज्ञान तथा प्रविधि सचिव शुरेश आचार्य, अर्थमन्त्रीका सल्लाहकार डा. उप्रेती लगायतले अवको भविष्य आइसिटीले नै ड्राइभ गर्ने हुदा स्टार्टअप, इन्नोभेसनसँगै डिजिटल इकोसिस्टम बलियो बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा अझ धेरैै काम गर्नुपर्ने बताए ।

यस वर्षको आइसिटी अवार्डको शिलसिलामा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता तथा अवार्ड प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनहरु सञ्चालन भएका थिए । आइसिटी अवार्डका जुरी कोअर्डिनेटर हेमापाल श्रेष्ठले ४ महिनाको गहन अध्ययन र विभिन्न ७ चरणको छनोट पश्चात विजेता छनोट गरिएको दिए । अवार्ड छनौटको लागि १२ जुरी सदस्य र १५ सल्लाहकार समिति रहेको थियो । जुरी संयोजक शुशिल पोख्रेलले आइसिटी अवार्ड एक पुरस्कार वितरण कार्यक्रममात्र नभएर यो डिजिटल इकोसिस्टम र इकोनोमिको बलियो आधार तयार पार्ने इनिसिएटिभ्स भएको बताए ।

एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३५ भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । आइसिटी अवार्ड २०२१ को मुख्य प्रायोजन एफवान सफ्ट, सह प्रायोजन नेपाल टेलिकम र जेनेस सोलुसनले गरेका छन् ।

त्यस्तै पावर्ड पार्टनरमा ह्वावे र डिशहोम फाइबरनेट, क्याटोगोरी स्पोन्सरमा एनसेल, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । अवार्ड कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि केन्द«, नाष्ट, उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको छ । यसैगरी प्रेसिडेन्सियल बिजनेस स्कुल, रिसेक्युरिटी, अप्लाई जब, इसेवा मेन्टर ल्याब, एमिनेन्स वेज, डायनामिक टेक्नोसफ्ट, टेक्सास इन्टरनेटसनल, नेपाल बैंक लिमिटेड, फ्युज मसिन्स, बारकोड नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, हाम्रो पात्रो र प्लान्ट डि नेपाल लगायतका संस्थाहरुको सहकार्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *