नेपालको अर्थतन्त्र चर्को दबाबमा छ : प्रधानमन्त्री दाहाल

Sharing is caring!

भदौ २७, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र चर्को दबावमा रहेको स्वीकार गरेका छन् । बुधबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले नेपालको अर्थतत्र अझै पनि चर्को दबावमा रहेको स्वीकार गर्दै यो अवस्थालाई गम्भीर रुपमा नलिए अप्ठ्यारो स्थिति आउने बताए ।

‘म प्रधानमन्त्री हुदै गर्दा एउटा आतंक थियो । नेपालमा नेपालको अर्थतन्त्र पतन भयो अथवा नेपाल श्रीलंका भैनै सक्यो भन्या जस्तो थियो । कम्तिमा अहिले त्यस्तो चाँही छैन । अहिले हामीले जे पहल गरेका छौ त्यो आतंक चाँही छैन् तर, अर्थतन्त्र चाँही चर्को दबाबमा अहिले पनि छ ।’ उनले थपे ‘अर्थतन्त्र सहज भैसक्यो भन्ने मेरो बुझाई छैन् अहिले पनि स्थिति गम्भीर छ । हामी सबैले गम्भीर ढंगले नलिने हो भने अप्ठ्यारो स्थिति बन्न सक्छ ।’

उनले देशको आर्थिक अवस्था सुधार तथा सुशासनको पक्षमा सरकारले सकेको जति बल गरेर काम गरिरहेको बताए । आर्थिक अवस्थामा सुधार गर्न राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिमा तालमेल मिलाउन धेरै प्रयास गरेको बताए ।

उनले भने, ‘सरकारले गुड गर्भनेन्सको पक्षमा अहिलेको हाम्रो परिस्थितिमा सकिने जति बल गरिएको छ भन्ने छ मेरो । थुप्रै बेथितिहरुमाथि एकपछि अर्को गरेर त्यसमाति प्रहार गर्ने र करेक्सन गर्ने कोशिस गरिएको छ । राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिको बीचमा तालमेल कसरी कायम गर्ने भन्ने विषयमा धेरै मेहनत गरिएको छ भन्ने भनाई छ मेरो । समस्या समाधान भयो भन्ने दाबी छैन् मेरो । अझै धेरै समस्या छन् तर, अर्थ, प्रधानमन्त्री कार्यलाय, राष्ट्र बैंक र सम्बन्धित निकायमा अर्थतन्त्रलाई कसरी हामीले गति दिन सकिन्छ । भनेर धेरै छलफल गरिएको छ ।’

अहिलेको परिस्थितिमा सुशासन र सामाजिक न्यायको क्षेत्रमा सरकारले सकेजति काम गरेको उनको भनाई छ ।
‘यो परिस्थितिमा यो भन्दा बढी गर्न सकिन्थ्यो भन्नेमा मैले देख्दिन’ दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *