नेपाललाई आइटी हबको रुपमा विकास गर्नुपर्छ : अर्थमन्त्री महत

Sharing is caring!

भदौ २७, २०८० । अर्थमन्त्री डा.प्रकाश शरण महतले नीति क्षेत्र र सरकार सबै मिलेर नेपाललाई आइटी हबको रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आईटी कम्पनीले नेपालमा सेन्टर खोल्ने परिस्थिति भयो भने नेपाललाई आईटी हबको रुपमा विकास गर्न सक्ने भन्दै त्यसको लागि निजी क्षेत्र र सरकार सबै मिलेर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘आईटी कम्पनीले यहाँ एउटा सेन्टर खोल्ने परिस्थिति आयो भने त्यसको आधारमा नेपाल आईटी हबको रुपमा विकसित हुनसक्छ यसमा हामीले काम गर्नु पर्छ । निजी क्षेत्र र सरकार सबै मिलेर कसरी नेपाललाई आइटी हबको रुपमा विकास गर्ने तिर हामी लागौँ ।’

उनले नेपालमा बस्न मिल्ने अवस्था नै छैन् भन्ने सोचलाई परिवर्तन गरेर युवाहरुलाई मौकाहरु छ भनेर रोक्ने किसिमको बहस नेपालमा आवश्यक भएको बताए । यस्तै, मन्त्री महतले आर्थिक रुपान्तरणको खम्बा पर्यटन, हाईड्रोपावर, कृषि र आइटी भएको भन्दै त्यसलाई विकास गरेर नेपालको आर्थिक विकास गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘आर्थिक रुपान्तरणको खम्बा एउटा पर्यटन क्षेत्र, दोस्रो हाम्रो हाईड्रोपावर छ, नेपालीहरु हिजो आधा मेघावाटबाट सुरु गरेको अहिले २०० सम्मको छ । यसको साथै भारतसँग भएको सम्झौताले यसको बजार सुनिश्चित गरेको छ । स्वदेशी छरिएको पुँजी रेमिट्यान्सबाट आएको रकमलाई पनि यसमा जोड्न आवश्यक छ । छरिएर रहको पुँजीलाई ठोस लगानीमा ल्याउँन सकिन्छ । नयाँ टेक्नोलोजीहरुलाई प्रयोग गरेर हामीसँग भएको सानो सानो जमिनलाई सेयर र रिटन सुनिश्चित हुनेगरी ठूलो मात्रामा लिजमा दिएर विदेशी र नेपालीलाई आकर्षित गर्न सकिन्छ ।’

उनले देशमा परिवर्तन भएको छ तर त्यो काफी नभएको भन्दै परिणाम नै देखिने गरी काम गर्न जरुरी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *