शान्ति समाजको संसद भवन अगाडि विरोध प्रदर्शन, २७ जना पक्राउ

Sharing is caring!

कात्तिक १२, २०८० । मानव अधिकार तथा शान्ति समाजले संसद भवन अगाडि विरोध प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्नेलगायतका माग राख्दै प्रर्दशनमा उत्रिएका २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, अध्यक्ष रामकृष्ण बराललगायतका पदाधिकारी र सदस्यहरुसहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई बानेश्वर प्रहरी वृतमा राखिएको छ ।

संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने तथा फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने मागसहित प्रर्दशन गरिएको समाजका अध्यक्ष बरालले जानकारी दिए ।

समाजका अध्यक्ष बरालले २१ असोजदेखि नै देशका विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन हुँदै आएको र आजको प्रर्दशन त्यसकै निरन्तरता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *