विदेशमा सिकेको सीपलाई नेपालको विकासमा लगा‍औं : अर्थमन्त्री महत

Sharing is caring!

भदौ १०, २०८० । अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यान्कुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् ।

आईतबार क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँगको छलफल तथा अन्र्तक्रियामा अर्थमन्त्री महतले यस्तो आग्रह गर्नु गरेका हुन् ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए ।

यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *