शेयर बजार दोहोरो अङ्कले घट्यो

Sharing is caring!

असोज १७, २०७५ । आज शेयर बजारमा कारोबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७६ बिन्दुले घटेर १२३०. ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २.३९ बिन्दुले घटेर २६१ .१ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत आज घटेको छ ।यस दिन कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर भने बढेको छ । बाँकी रहेका नौ उपसमूहको भने शेयर घटेको छ । व्यापार समूह ४.२२ र होटल समूह ५ .५६ बिन्दुले बढ्दा बैंकिङ समूह १०.१२, विकास बैंक समूह ११ .५२, जलविद्युत् समूह १५ .१४, वित्त समूह ३.३३, निर्जीवन बीमा समूह ५१.३८, उत्पादन समूह ६.५२, अन्य समूह ८.७५ छ भने माइक्रोफाइनान्स समूह ९.७५ र जीवन बीमा समूह ३७.४५ बिन्दुले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *