मणिपुरमा फेरि लगाइयो कर्फ्यु

Sharing is caring!


असोज ११, २०८० । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फाल मा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ ।

स्थिति थप भड्किन नदिन इम्फाल मा कर्फ्यु लगाइएको छ । यसअघि गत मे महिनामा मणिपुरमा जातीय हिंसा भड्किएपछि कर्फ्यु लगाइएको थियो । बुधबार रातिदेखि पुनः पूर्णरुपमा कर्फ्यु लगाइएको भारतीय मिडियाहरुले जनाएका छन् ।

आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु गर्न लागिएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *