गलत मूल्यांकन गरी बढी भुक्तानी दिने ४ जनाविरुद्ध मुद्दा दायर

Sharing is caring!

फागुन २२, २०८० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख (सि.डि.ई.) सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय र सव–इन्जिनियर सरोज कुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

गैरकानूनी रुपमा उनीहरुले सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्रे बाटो निर्माण गर्न विना टेन्डर निर्माण सम्पन्न गराई १ लाख सड्चालिस हजार रुपैयाँ बढी भुक्तानी गराउन भूमिका खेलेको पाइएको अख्तियारले उल्लेख गरेको छ ।

उनीहरुले गुन्जा कन्सट्रक्सन सप्तरीका प्रोपाइटर गोविन्द प्रसाद मण्डलसँग सडक निर्माणमा सम्झौता गरेभन्दा बढी कार्य गरेको भनी बढी प्राविधिक र अन्य मूल्याङ्कन गराई रु.३,४७,०००/- हजार रुपैयाँ बढी भुक्तानी दिलाएका थिए ।
भ्रष्टाचार गरेको दाबी सहित तीनै जना विरुद्ध आज विशेष अदालत काठमाडौंमा अख्तियारले सोही रकम, कैद र जरिवाना तिराउन माग गरेको छ ।

अख्तियारको अनुसन्धानको क्रममा उक्त कार्यमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख देव, तत्कालीन इन्जिनियर राय र सव–इन्जिनियर यादवको संलग्नता पुष्टि भएको भन्दै उनीहरुलाई विगो दाबी सहित कारबाही गर्न दायर आरोप पत्रमा अख्तियारले माग गरेको छ ।

‘निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौता समेतमा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यावसायीलाई रु.३,४७,०००/– बढी भुक्तानी दिएको पुष्टि हुन आएको हुँदा निजहरुलाई बिगो तीन लाख सड्चालीस हजार रुपैयाँ कायम गरी कैद र जरिवाना हुन मागदाबी लिइएको हो’ अख्तियार प्रवक्ता नरहरी घिमिरे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *