सदनमा एमालेको नारावाजी, संसद साउन २९ गतेसम्मका लागि स्थगित

Sharing is caring!

साउन २६, २०८० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि बैठक स्थगित भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।

तर साहले बोल्न नपाउँदै सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । सत्तापक्षका सांसदहरुले सदन प्रतिपक्षीको कुरा सुनेर मात्र अघि नबढ्ने भन्दै विरोध गरे । तर सत्तापक्षको सांसदको विरोधबीच नै सांसद साहले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राखिन । उनको मागसँगै एमालेले सदनमा नारावाजी सुरु गरेर बैठक अवरोध गरेको थियो ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने एमालेको अडान छ ।

एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *