सुनको भाउ एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर रेकर्ड कायम

Sharing is caring!

चैत ८, २०८० ।  नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ । छापावाला सुन बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *