२३ वर्षपछि ‘नायक २’

Sharing is caring!

चैत ८, २०८० । अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ ।

फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ । निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ । फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म सर्वाधिक हेरिएको छ ।

अब भने यो फिल्म निर्माणको २३ वर्षपछि सिक्वेल ‘नायक २’ बन्ने भएको छ । सिद्धार्थ आनन्दले निर्माण गर्ने फिल्मको निर्देशन मिलन लुथ्रियाले गर्नेछन् ।

उनीहरुले मार्फिक्लस पिक्चरको व्यानरमा यो फिल्म बनाउन लागेका हुन् । उनीहरुको पछिल्लो फिल्म ‘फाइटर’ले विश्वव्यापी रुपमा ३ सय ५० करोडको कलेक्सन गरेको थियो । ‘नायक २’लाई राजनीतिको पृष्ठभूमिमा व्यावसायिक मसलेदार फिल्म बनाउने तयारीमा सिद्धार्थ र मिलन लागेका छन् ।

मिलनले पछिल्लो पटक फिल्म ‘तडप’ निर्माण गरेका थिए । जसमा अहान सेट्टी र तारा सुतरियाको अभिनय थियो । ‘नायक २’का लागि उनीहरुले एक प्लट तयार पारिसकेका छन् । मिलन र रजत अरोराले फिल्मको स्क्रिप्ट लेखेका छन् । यो जोडीले ‘वान्स अपन ए टाइम इन मुम्बई’ र ‘द डर्टी पिक्चर’ लेखेका थिए । उनीहरु दमदार पटकथा र संवाद लेख्न बलिउडमा परिचित छन् ।

‘नायक २’लाई उनीहरु एक्सनपूर्ण फिल्म बनाउने तयारीमा छन् । फिल्ममा उनीहरुले इमोसनलाई पनि स्थान दिनेछन् । फिल्मका लागि ‘ए’ सूचीकृत अभिनेता लिने तयारीमा छन् । फिल्म सन् २०२४ को मध्यतिर फ्लोरमा जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *