अभिनेता अनमोल केसी पक्राउ

Sharing is caring!

असोज १२, २०८० । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगी गरेको आरोपमा केसी पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको काठमाडौं अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एआईजी दिपक थापाले केसी पक्राउ परेको पुष्टि गर्दै भने ‘ उनलाई आपराधिक विश्वास घातको अभियोगमा पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदै छ । ’ केसीले रामायण फिल्मका लागि दश लाख एड्भान्स लिएर साइन गरेको आरोप छ ।

उनले आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध कार्यालय, बानेश्वरमा गएको ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ गरिएको हो ।

‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *