के ‘महाभारत’मा द्रौपदी बन्लिन् दीपिका ?

Sharing is caring!

वैशाख १७, २०७५ । भारतमा अहिले आमिर खानको महाभारतको निकै नै चर्चा चलेको छ । महाभारत अहिलेसम्मकै महंगो बजेटमा बन्न लागेको भारतीय फिल्मको रुपमा चर्चित छ । यो फिल्मको निर्माण खर्च हजार करोड हुनसक्ने बताइएको छ ।

उक्त फिल्ममा आमिरले कृष्णको भूमिका निभाउने छन् । तर आमिर खानले द्रौपदी कसलाई बनाउने भने  चिन्ताको विषय बनेको छ ।

बलिउडको खबरमा धेरैले दीपिका पादुकोणले यो भूमिका निभाउन सक्ने चर्चा पनि गरेका छन् ।

तर, ‘पद्मावत’ को भूमिकामा विवाद भएपछि पुनः दीपिकाले यो क्यारेक्टरमा काम गर्छिन् या गर्दिनन् त्यो सबैका लागि चासोको विषय बनेको छ ।

दीपिकाले फिल्ममा काम गर्ने वा नगर्ने तय गरिसकेकी छैनन् । तर आमिरको इच्छा छ, दीपिकाले नै यो भूमिका निर्वाह गरुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *