प्रधानमन्त्रीले ओडाए नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

Sharing is caring!

भदौ २८, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका छन् । स्वीर्गीय नेम्वाङको अन्त्येष्टिका लागि आर्यघाटमा पुग्नुभएका उनले राष्ट्रिय झण्डा ओडार अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

नेम्वाङले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । बिहीबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा पु¥याइएको थियो ।

स्वर्गीय नेम्वाङको अन्त्येष्टिमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय नेम्वाङको शव बालुवाटारबाट त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल, चोक–धुम्वाराही–चावहिल–गौशाला हुँदै पशुपति आर्यघाट लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *