प्रदेशहरू कामकाजी हुन सकेनन्, सोचेअनुसार काम भएन : महामन्त्री थापा

Sharing is caring!

असोज १४, २०८० । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरु कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरु निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ ।

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

‘प्रदेशहरु एकदमै महँगो भइरहेका छन्’ उनले भने, ‘प्रदेशहरु जे सोचेर बनाएका थियौं, त्यो अनुसार काम भएको छैन ।’

तत्कालीन सभापनि सभापति गिरिजाप्रसाद कोइराला भएका बेला पार्टीले बोलाएको पाँच दलको बैठकबाट नेपालमा अब एउटामात्रै केन्द्र राखेर हुँदैन, प्रदेश बनाउनुपर्छ र प्रदेशलाई अधिकार दिनुपर्छ भनेर २०६१ सालमै सहमति भएको उनले स्मरण गरे ।

‘अहिले हामीले त्यहीअनुसार प्रदेश बनाएका हौं । तर जे सोचेर बनाएका थियौं, त्यो अनुसार काम भएको छ छैन’ उनले भने ।

कर्मचारी, प्रहरी जस्ता धेरै विषयमा कानुन बन्न नसकेको उनले बताए । प्रदेश मात्रै भनिएको तर अधिकार नभएको थापाको भनाइ छ । ‘प्रदेशको मुख्यमन्त्रीभन्दा त सीडीओ कति अधिकारसम्पन्न छ । शक्तिशाली छ’ थापाले भने, ‘प्रदेशलाई पंगु बनाएर राखिएको छ ।’

महामन्त्री थापाले अगाडि भने, ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्री आउन भएको छ रे, म खोज्दैछु, मुख्यमन्त्रीले सरकार टिकाउनका लागि माओवादीले धेरै दबाब दियो त्यसकारणले प्रदेशमा मन्त्रालय फुटाएर भए पनि थप्नुपर्यो भन्ने कुरा रहेछ । केन्द्रीय समितिको बैठकबाट अस्तिमात्रै निर्णय गरेको होइन हामीले एउटा पनि संरचना थप्न पाइँदैन भनेर ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *