देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

Sharing is caring!

                                                                                          

कात्तिक २३, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि आर्थिक दबावबाट गुज्रिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नीमा स्मृति प्रतिष्ठानको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक भइरहे पनि अझै आर्थिक दबावमा रहेको भन्दै प्रधानमन्त्रीले यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘अहिले अर्थतन्त्रका सूचकहरु केही सकारात्मक हुन गएता पनि हामी अझै आर्थिक दबावमा छौं । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अगाडि बढिरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले सुशाासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको बताए । देशमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘सुशाासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको सन्दर्भमा विद्यमान चुतौतीहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *