रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा राख्ने

Sharing is caring!

कात्तिक २३, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यो निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाको बारेमा छलफल हुने साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुने पनि जानकारी दिए ।

उनले भने, ‘मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिने छ । त्यो बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनेछ । बैठकमा सभापतिको राजनीतिक प्रतिवेदन पनि पेस हुने छ ।’

मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विमर्श गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *