लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट हुने

Sharing is caring!

असार १८, २०८० । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।

यस समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले यो फाइदा उपभोग गर्नेछ ।

ग्राहकले सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध गराउने बारे दुबै पक्षबीच समझदारी भएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पु¥याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको हो ।

मुलुकमा भुक्तानीको माध्यम नगदबाट डिजिटलतर्फ उत्साहजनक रुपमा अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *