एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

Sharing is caring!

फागुन ११, २०७५ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. बीच बीमा सेवा सहकार्य गर्ने सम्बन्धी सम्झौता सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *