अर्थतन्त्र विस्तारै लयमा फर्किँदै छ : अर्थमन्त्री महत

Sharing is caring!

पुस १३, २०८० । अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गएको बताएका छन् ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारण सभामा सहभागी उनले सबैभन्दा बढी पर्यटक आगमन यसवर्ष नै भएको उल्लेख गर्दै विदेशबाट आउने रेमिट्यान्स पनि बढिरहेको बताए ।

‘धेरै बैंकहरुले व्याजदर घटाएका छन् । सेयर मार्केट पनि १८ सय हारहारीबाट २१ सय पुगेको छ, यो राम्रो संकेत हो’ अर्थमन्त्री महतले भने, ‘अहिलेको अवस्थामा जग्गा र सेयरमा राम्रो संकेत देखिएको छ ।’

विगतमा भविष्यमा आउनसक्ने आम्दानीको स्रोतलाई आंकलन नगरिकनै बजेट बाँडफाँट गर्ने प्रचलन रहेको साथै निर्दिष्ट प्राथमिकताका क्षेत्रमा पनि हेलचेक्र्याइँ भइरहेको अवस्थामा बहुवर्षीय सुनिश्चितता नगरिकनै बजेट राख्दा समस्या हुने गरेको बताए ।

उनले भने, ‘यसपटकबाट हामीले राष्ट्रिय गौरवको आयोजना बाहेक तीन वर्षमा ठेक्का सम्पन्न हुनुपर्ने र वहुवर्षीय आयोजनामा ४ गुणाभन्दा बढी स्रोत सुनिश्चितता नगर्ने नीति लागू गर्यौं । यसरी काम अघि बढिरहँदा केही मान्छेहरु रिसाइरहेका छन् ।’

तीन तहको सरकारको सरकार बनेपछि तीनै तहमा बजेट छुट्याउनु परेको भएपनि संघ सरकारसँगको अपेक्षा नघटेको भन्दै अर्थमन्त्री महतले विदेशी ऋण र नेपाल प्रहरी र नेपाल सेनाको ऋण पनि संघ सरकारले नै तिर्नुपर्ने हुँदा बजेट न्यून रहने गरेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *