गठबन्धन सरकार नै अस्थिरताको कारक हो : अध्यक्ष ढुङ्गेल

Sharing is caring!

कात्तिक २०, २०८० । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले गठबन्धन सरकार नै देशमा अस्थिरताको कारक बनेको बताएका छन् ।

एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानको सन्दर्भ पारेर रामेछाप र सिन्धुलीको खुर्कोटमा आइतबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले गठबन्धनको कारण देश संकटमा फस्दै गएको बताए ।
‘देशमा अस्थिरतको कारण गठबन्धन सरकार बन्यो, देश अस्थिरताको भुमरीमा होमियो, गठबन्धनकै कारण देश अस्थिरता तर्फ गयो’, ढुङ्गेलले भने ।

ढुङ्गेलले कोशी प्रदेशको पछिल्लो घटनाक्रमलाई इङ्गित गर्दै अस्थिरताका बाहक नै सरकारमा रहेको धारणा राखे ।
एमाले बहुमत सहित नेतृत्व नगरेसम्म देशमा विकास र स्थिरता नहुने उनको दाबी छ । ‘अस्थिरताका बाहकहरू सरकारमा रहेसम्म देशमा स्थिरता हुँदैन, देशलाई स्थिरता दिन एमाले सरकारमा आउनु पर्छ ।’

उनले एमाले मात्रै विचारको नेतृत्वकर्ता भएको र एमालेलाई अरु दलले पछ्याउँने गरेको आरोप लगाए ।
‘एमालेले के गर्छ भनेर अन्य दल हेरेर बसेका छन, एमालेले जे गर्छ त्यसैलाई पछ्याउँदै हिँड्छन्’, ढुङ्गेलले भने ।

एमालेले सुरु गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानमा व्यापक जनपरिचालन गर्न आवश्यक रहेको भन्दै ढुङ्गेलले अभियानमा एमालेको कामलाई प्रचार गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *