खाँणले अदालतमा पेश गरे धरौटी वापतको रकम पुग्ने बैंक ग्यारेन्टी

Share this news:

मंसिर २९, २०८० । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत काठमाडौंमा पुगेर आज धरौटी वापतको रकम पुग्ने बैंक ग्यारेन्टी पेश गरेका छन् ।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा खाँणलाई छाड्न आदेश दिएपछि आज खाँणले धरौटी अनुसारको बैंक ग्यारेन्टी जम्मा गराएका हुन ।

तर, अदालतमा उनले धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि तत्काल उनी छुट्ने छैनन् ।
खाँणलाई आजै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराउने बताईएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई गत बैशाख २७ गते प्रहरीले काठमाडौंको चाबहिलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *