कांग्रेस महासमिति बैठक फागुनमा

Sharing is caring!

मंसिर २९, २०८० । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ । पार्टी कार्यालय सानेपामा आज दिउँसो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई देखाएर महासमिति बैठक आगामी फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

‘राष्ट्रिय सभाको पनि निर्वाचन हुँदै छ । त्यतातिर पनि हामी लाग्नुपर्ने हुन्छ । फागुन ७ देखि १० गतेसम्म महासमितिको बैठक बस्ने कुरा आजको बैठकमा प्रस्तावित भएको छ । त्यहि अनुसार नै निर्णय हुन्छ ’ महतले भने । यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटकको लागि सरेको छ ।

साथै आजको बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि कांग्रेसले दल दर्ता गर्ने निर्णय समेत गरेको छ । राष्ट्रियसभाको निर्वाचनका लागि गठबन्धन दलसँग छलफल हुन बाँकी रहेको उल्लेख गर्दै निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिइएको जानकारी महतले दिए ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आजसम्मको समय तोकेको छ । बैठकले राष्ट्रियसभाको निर्वाचनबारे काम गर्ने अधिकार कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *