आयरल्यान्डमाथि नेपालको जित

Sharing is caring!

चैत १९, २०८० । आयरल्यान्ड वल्भ्ससँगको टी–२० सिरिजको फाइनल खेलमा नेपाल ‘ए’ ३ रनले विजयी भएको छ ।
नेपालले दिएको २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१० रनबाट माथि उक्लन सकेन ।

नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिएका थिए भने नारायण, कमल ऐरी, जोशी र रासिद खानले समान एक-एक विकेट लिए ।

यस अघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा भने आयरल्यान्ड ‘ए’लाई ३ रनले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *