नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सको टी–२० पहिलो खेल आज

Sharing is caring!

चैत १६, २०८० । घरेलु मैदानमा हुने तीन खेलको टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ ।

यसअघि बिहीबार शुरु हुने तालिका रहेको सिरिज वर्षाको कारण टस नै नगरी रद्द भएको थियो । आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’सँग तीन टी–२० र तीन ओडी खेल खेल्ने तालिका छ । सिरिजको पहिलो खेल वर्षाको कारण बिहीबार रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार आज नेपाल र उल्भ्सले पहिलो खेल्दैछन् । शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्।

यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ।

उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे शुरु हुनेछ ।

ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *