जापानलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

Sharing is caring!

कात्तिक ४, २०८० । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ । वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।
फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनौट भएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।
२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । डिएल मेथडका आधारमा जापानले जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य पाएको थियो । स्पिनर दिपेश कँडेल र हेमन्त धामीले समान तीन विकेट लिए ।
नेपालले अब यूएईसँग फाइनल खेल्ने छ ।

नेपालको यू १९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *