एसीसी यू–१९ टिमको प्रारम्भिक टोली घोषणा

Sharing is caring!

भदौ २९, २०८० । एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार सार्वजनिक गरेको २४ सदस्यीय प्रारम्भिक टोलीमा तीन जना नयाँ अनुहारले स्थान पाएका छन् । यू–१९ विश्वकप छनोट खेलेकाहरुलाई निरन्तरता दिएको क्यानले यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरेको हो ।

यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ । अभिषेक तीव्र गतिका बलर हुन् । निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन् । यू–१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाललगायत समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *