सेयर बजारमा सामान्य सुधार

Sharing is caring!

वैशाख १२, २०८१ । लगातार ओह्रालो लागेको सेयर बजार कारोबारमा बुधबार सामान्य सुधार छ । नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो ।

१३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेकका सबै समूह घटेका छन् । २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ ।

७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ । १५ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । पोखरा फाइनान्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्स लगायतका सेयरमूल्य बढेका छन् ।

सर्वाधिक सेयर किनबेच नेपाल रिइन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको ६३ करोड ३० लाखको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १४ करोड ८० लाख, गोर्खाज फाइनान्सको ८ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सेयरमूल्य घटेर नोक्सानमा पर्नेमा माइखोला हाइड्रोपावरका लगानीकर्ता पहिलो नम्बरमा छन् । नबिल डिबेञ्चर २०८५, महिला लघुवित्त, लक्ष्मी उन्नति कोष, रिभर फल्स पावरलगायतका सेयर घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *