शेयर बजारमा आज ९.३९ बिन्दुले बढ्यो

Sharing is caring!

भदौ १४, २०७५ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार करिब १० अंकले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अंकमा पुगेको छ ।

कुल १६७ कम्पनीका ६ लाख ९८ हजार ३७८ कित्ता शेयर रु. २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरिद–बिक्री भयो । आज होटेल उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । होटेल २.३१ बिन्दुले घट्दा बैंकिङ ९.११, विकास बैंक ७.९१, जलविद्युत ५.३१, वित्त १.३२, निर्जीवन बिमा ६२.४६, उत्पादन ८.२६, अन्य ६.२७, माइक्रोफाइनान्स १४.०३ र जीवनबिमा २६.२१ बिन्दुले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *