आयो पेपरलेस भिजिटिङ कार्ड, यस्ता छन् विशेषता

Sharing is caring!

पुस २२, २०८० । मुलुकमा पहिलोपटक ‘नीयर–फिल्ड कम्युनिकेसन डिजिटल कार्ड’ प्रयोगको सुरुवात भएको छ । यो ‘पेपरलेस भिजिटिङ कार्ड’ हो ।

चिप प्रविधिमा आधारित कार्डमा एटीएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरु राखिएको हुन्छ । यसलाई आफूले बिभिन्न बैंकहरुको एटीएम कार्ड बोकेझै गरी लिएर हिड्न मिल्ने हुन्छ । आफ्नो जानकारीहरु सजिलै अन्य व्यक्तिहरुलाई दिन सकिन्छ र मोबाइल नम्बर, इमेल र अन्य जानकारीहरु सजिलो र बिना झन्झटीलो तरिकाबाट दिन सकिन्छ । जुन चिपको माध्यमबाट कार्डलाई मोबाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोबाइल फोनको कन्ट्याक लिस्टमा सेभ गर्न सकिन्छ ।

कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरु आफूले चाहेको समयमा सम्पादन गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो । विकसित मुलुकहरुमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भए पनि नेपालमा दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालिमार्फत भित्र्याएका हुन् । अर्याल कम्पनीका अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन् । कम्पनीको सीइओ बंगलादेशका अबुल हसनत आइटीमा दख्खल राख्छन् ।

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ कार्ड, अनलाइन र अफलाइन दुवैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैका लागि हुने, व्यक्तिगत नाम ‘इम्बोस’ प्रिन्ट हुने लगायतका विशेषता छन् ।

कार्डको सफ्टवेयर एआई प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्ने हुन्छ । यसको डाटाहरुलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरु अपनाइएकाले डाटा हराउने तथा दुरुपयोगको जोखिम नहुने’ कम्पनीका प्रबन्ध निर्देशक बानियाँले बताए ।
चर्को मूल्य तिरेर बर्सेनि भिजिटिङ कार्ड छाप्ने झन्झटमा मुक्त हुन यो कार्ड उपयोगी हुने अध्यक्ष अर्यालले बताए ।

उनले भने, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पु¥याएको हुँदा यो कार्ड वातावरणमैत्री समेत छ ।’ कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ । जसमा कम्पनीले आकर्षक बक्ससहित कार्ड उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *